५ पुस २०८२, शनिबार

आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु

प्रकाशित मिति :  20 December, 2025 7:18 am


दाङ (देउखुरी) । देशका पहाडी र हिमाली भू–भागमा मौसमको चाल परिवर्तनशील देखिएको छ भने तराई र उपत्यकामा चिसोको प्रभाव अझै कायमै रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ, जबकि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराई र उपत्यकाका केही स्थानहरूमा बिहानपख हुस्सु–कुहिरो लागेकाले दैनिक आवागमन, विशेषगरी सडक र हवाई सेवामा सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ । चिसो मौसमका कारण वृद्ध, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित हुन सक्ने भएकाले सावधानी आवश्यक देखिएको छ ।

शनिबार दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने भए पनि अन्य क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान गरिएको छ । त्यस्तै, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

मौसम स्थिर देखिए पनि बिहानको हुस्सु–कुहिरो र रातिको चिसोले जनजीवनमा प्रभाव पारिरहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !