क्रिसमसको अवसरमा मामाघर होमस्टे एन्ड एड्भेन्चर रिसोर्टमा नेवारी खाजा महोत्सव आयोजना हुने
काठमाडौँ । क्रिसमस पर्वको अवसर पारेर मामाघर होमस्टे एन्ड एड्भेन्चर रिसोर्टले परम्परागत नेवारी खानाको संरक्षण, प्रवर्द्धन तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेवारी खाजा महोत्सव आयोजना गर्ने भएको छ।
गोकेकोश्वर नगरपालिका वडा नं. ४ देशे गाउँमा अवस्थित मामाघर होमस्टेमा आयोजना हुने उक्त महोत्सव पुष १० गते, बिहिबार बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएका छन्।
महोत्सवमा नेवारी समुदायका मौलिक तथा परम्परागत खाजाका विभिन्न परिकारहरू प्रस्तुत गरिनेछ।
क्रिसमसको उत्सवमय वातावरणमा आयोजना हुने यस कार्यक्रमले स्थानीय संस्कृति, परम्परागत खानपान तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकको रहेको छ।
साथै, महोत्सवले स्थानीय उत्पादन र संस्कृतिको प्रचार–प्रसारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आयोजक मामा घर होमस्टे एन्ड एड्भेन्चर रिसोर्टका संचालक कृष्ण श्रेष्ठले सम्पूर्ण सरोकारवाला, सञ्चारकर्मी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई नेवारी स्वाद र सांस्कृतिक पहिचानको अनुभूति गर्न हार्दिक निमन्त्रणा गरेका छन्।








