११ बैशाख २०८१, मंगलबार

आज थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या ११ हजार नाघ्यो

प्रकाशित मिति :  25 June, 2020 4:59 pm


काठमाडौं , ११ असार ।

नेपालमा २४ घण्टामा  थप ४ सय ३४ जनामा कोरोना संक्रमण पृष्टि भएको छ  । बितेको २४ घण्टामा थपिएको संख्यासंगै नेपालमा  संक्रमण हुनेको संख्या ११ हजार १ सय ६२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गमा प्रवक्ता डा. जागेश्वर गौतमले  ४८ जना महिला र ३ सय ८६ पुरुषमा कोरोना संक्रमण पृष्टी भएको जानकारी गराएका छन् ।

कारोना संक्रमण निको भएर एक दिनमा ३ सय १२ जना घर फर्किएका छन् ।  योसँगै निको भएर घर फर्किनेको कूल संखया सङ्ख्या २ हजार ६ सय ५० पुगेको छ ।

पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ६ हजार ५४३ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट २४ घन्टामा चार हजार १ सय ३७ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिए । ७४ हजार २२ जना क्वारेन्टाईनमा र आठ हजार ४८६ जना आइसोलेशनमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !