१६ चैत्र २०८०, शुक्रबार

अखिल क्रान्तिकारीका ललितपुर उपाध्यक्ष भण्डारी पक्राउ

प्रकाशित मिति :  26 June, 2020 11:01 am


काठमाडौं, १२ असार ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका ललितपुर जिल्ला उपाध्यक्ष नरेन्द्रबहादुर भण्डारी पक्राउ परेका छन् ।

भण्डारीलाई बालकुमारी क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईले जानकारी दिए ।
विप्लव नेतृत्व नेकपाको पर्चा टाँस्ने, पार्टीमा आबद्ध हुनुपर्छ भनेर स्थानीयलाई डर, त्रास देखाएर आतंकित बनाउने जस्ता कार्यमा संलग्न रहेको आरोपमा भण्डारीलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख राईको भनाई छ ।

उनीबारे थप अनुसन्धान भईरहेको प्रमुख राईको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !