२३ बैशाख २०८१, आइतबार

प्यूठानमा थप ४७ जनामा कोरोना संक्रमणको पुष्टि,सबै स्थानीय तहमा संक्रमण देखियो

प्रकाशित मिति :  27 June, 2020 10:25 am


प्यूठान,१३ असार ।

प्यूठानमा थप ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

आज झिमरुक गाँउपालिकामा कोरोना संक्रमित भेटिएपछि जिल्लाका ९ वटै तहमा कोरोना संक्रमण पुगेको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा झिमरुक,माण्डवी र नौबहिनी गाँउपालिकामा ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । ।

स्वास्थ्य कार्यालयका अनुसार माण्डवी गाउँपालिकाका ३७ जना, झिमरुक गाउँपालिकाका ७ जना र नौबहिनी गाउँपालिकाका ३ गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमितहरु १७ बर्ष देखी ६० बर्ष उमेर समूहका छन् । यो सङ्गै प्यूठानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ५८ पुगेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । अहिलेसम्म २ जना निको भएर घर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !