१७ बैशाख २०८१, सोमबार

सलह किराबारे कृषि मन्त्रालयको अनुमान गलत हुनुको कारण

प्रकाशित मिति :  27 June, 2020 7:36 pm


काठमाडौं,१३ असार ।

सलह किरा भारतमा प्रवेश गरेपछि त्यसको आतंक नेपालमा पनि फैलियो ।

अन्नबालीका लागि अत्यन्त हानिकारक मानिने सलह किरा नेपालमा भित्रन सक्ने भन्दै सचेतता समेत अपनाउनुपर्ने आवाज उठ्यो ।

एक किलोमिटरमा हुने सलहले एकै दिनमा ३५ हजार  मानिसले खाने खाना नष्ट गर्न सक्ने उक्त किरा नेपाल भित्रन सक्ने वा नसक्नेबारे कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले जेठ १३ गते एउटा कार्यदल समेत गठन गर्यो ।

सरकारले प्राविधिक कार्यदल त्यतिबेला गठन गरेको थियो जतिबेला अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै इरान, अफगानिस्तान, पाकिस्तान हुँदै छिमेकी मुलुक भारतमा किराले आतंक मच्चाएको थियो ।

पश्चिमी वायुको गति बढे सलह किरा नेपाल भित्रिन सक्ने पूर्वानुमान गरिएको थियो । पश्चिमी क्षेत्रबाट वायुको वेग आए त्यही वेगको बाटो हुँदै यो प्रवेश गर्ने विज्ञहरुको अनुमान थियो तर आज सलह पूर्वी तराई र मध्य क्षेत्रबाट छिरेको छ ।

कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको संयोजकत्वमा गठित कार्यदलले भनेको थियो,’वायुको वेगसँग सापेक्ष भएर उड्ने भएकाले यो वर्ष अफ्रिकाबाट भारतसम्म आइपुगेका सलहको हूल नेपाल आउने खालको मौसमी प्रणाली हाललाई छैन । ’

कार्यदलको प्रतिवेदनपछि सलह नेपाल नआउने आकलन थियो तर एक्कासी बारा, पर्सा, सिन्धुली, सर्लाही रूपन्देहीमा देखिएपछि चिन्तित बनाएको छ ।

सलह देखिएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै अनुमान गलत हुनुको कारण भने भनेको छ,‘नेपालमा मनसुन शुरु भैसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सभावना न्यून रहेको आँकलन हुदै गर्दा मौसममा खासगरी हावाको दिशा र गतीमा अचानक आएको परिवर्तनले यस कीरा साना साना झुण्डहरूमा छरिएर आएको हुनसक्ने प्रारंभिक अनुमान गरिएको छ ।’

प्रारम्भिक चरणमा मौसमका कारण भनेपनि थप अध्ययन सुरु भएको कृषि मन्त्रालयले जनाएको छ । किराको संख्या, अवस्था, फैलावट, आदीको आँकलन लगायतका विषयमा जानकारी लिन संघीय निकायहरू र प्रदेश जन्तरगतका प्राविधिक हरू परिचालित भइसकेका प्रवक्ता डा.हरिबहादुर के.सी.ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघमा रहेको प्राविधिक कार्यदल र सम्बन्धित निकायहरू सकृय भईसकेको विज्ञप्तिमा उल्लेख छ । प्राविधिकहरुको सम्पर्क र समन्वय रही यस कीराको व्यवस्थापनमा सकृय रहन सबै प्रदेश र स्थानीय निकायलाई आग्रह गरेको छ ।

   सम्बन्धित समाचार

सरकारको अनुमान गलत,सलह किरा नेपाल भित्रियो



प्रतिक्रिया दिनुहोस !