२ जेष्ठ २०८१, बुधबार

दुर्घटनामा न्यूज २४ टेलिभिजनका पत्रकार पाण्डेको मृत्यु

प्रकाशित मिति :  28 June, 2020 8:05 am


रुपन्देही,१४ असार ।

कार दुर्घटनामा रुपन्देहीका पत्रकार कृष्ण बाबु पाण्डेको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा—१ ड्राइभर टोलमा गएराति भएको दुर्घटनामा न्यूज २४ मा कार्यरत पत्रकार पाण्डेको निधन भएको हो ।

बुटवलदेखि ड्राइभरटोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको कार दुर्घटना हुँदा घाईते पाण्डेको चौराहा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सडक किरानाको फलामे बारमा एक्कासी कार ठोक्किएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आवद्ध पाण्डेले रुपन्देहीबाट पावर न्यूज नेपाल अनलाईनका सञ्चालक समेत थिए ।



प्रतिक्रिया दिनुहोस !