२३ बैशाख २०८१, आइतबार

प्यूठानमा थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  29 June, 2020 9:33 am


प्यूठान,१५ असार ।

प्यूठानमा थप ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा गौमुखी गाउँपालिकाका २ जना, झिमरुक गाउँपालिकाका १ र माण्डवी गाउँपालिकाका १ जना गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

संक्रमित हुनेमा एक महिला र तीन पुरुष छन् । नयाँ ४ जना थपिएसँगै प्यूठानमा कोरोना संक्रमितको संख्या संख्या २ सय ९९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !