१४ बैशाख २०८१, शुक्रबार

चीनले सीमा मिचेको भन्दै नक्कली प्रतिवेदन बनाउनेको गम्भीरतापूर्वक अनुसन्धान भईरहेको छ :मन्त्री ज्ञवाली

प्रकाशित मिति :  29 June, 2020 3:31 pm


काठमाडौं,१५ असार ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै झुटो विवरण तयार गर्नेको अनुसन्धान भईरहेको बताएका छन् ।

राष्ट्रिय सभामा आज समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले चीनले सीमा मिचेको भन्दै बनाईएको नक्कली प्रतिवेदन कसले, कहाँ बनाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘त्यो ‘सो कल्ड’ प्रतिवेदन कुन कारखानमा उत्पादन भयो भन्ने चाहीं हामीले खोजी गरिरहेका छौं । तथाकथित स्रोतलाई गम्भिरतापूर्वक कानुनी दायरामा ल्याउने छौं ।’

समाचार प्रकाशन गर्ने केही मिडियाले क्षमासमेत मागिसकेको भन्दै सरकारको तर्फबाट तथाकथित प्रतिवेदन बाड्नेको अनुसन्धान भईरहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ ।

भारतसँग सीमा विवादका कारण पश्चिमको त्रिदेशीय सीमास्तम्भ कायम नभएको बाहेक चीनसँग कुनै ठाउँमा पनि सीमा समस्या नभएको प्ररराष्ट्रमन्त्री ज्ञवालीले प्रष्ट पारे ।

परराष्ट्रमन्त्री ज्ञवालीले नक्कली प्रतिवेदनमा भनिजस्तो सिमा स्तम्भ नहराएको र भौगोलिक विकटताका कारण ३७ र ३८ नम्बर सीमा रेखा निर्माण नगर्ने सहमति दुबै देशबीच बनेको जानकारी गराए ।

सन् २००६ भन्दा अगाडि ५७ र ६२ सीमा स्तम्भ हराए पनि त्यसपछि भएको संयूक्त निरीक्षणका क्रममा फेला परेको उनको भनाई थियो ।
भारतसँग सिमा विवाद भईरहँदा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय नापी शाखाको प्रतिवेदन भन्दै चीनले पनि सिमा मिचेको भनेर समाचार प्रकाशित भएका थिए ।

तर, कृषि मन्त्रालयमा नापी शाखा नै नभएको र मन्त्रालयले पनि खण्डन गरेपछि नक्कली प्रतिवेदन तयार गरेर मिडयालाई बाडेको खुलेको थियो ।



प्रतिक्रिया दिनुहोस !