७ बैशाख २०८१, शुक्रबार

दाङको गोर्खा अस्पतालका स्वास्थ्यकर्मी पक्राउ,एक्सरे गर्न आएकी महिलालाई नाङ्गै बनाएको आरोप

प्रकाशित मिति :  29 June, 2020 5:47 pm


दाङ,१५ असार ।

दाङको एक अस्पतालमा एक्सरे गर्न आएकी महिलालाई नाङ्गै बनाएको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका–१५ लुहासपुरमा रहेको गोर्खा पब्लिक हस्पिटलमा एक्सरे विभागमा काम गर्ने बबई गाउँपालिका-५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो।

हिजो अस्पतालमा छातीको एक्सरे गर्न आएकी एक महिलालाई डाँगीले पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोपसहितको उजुरी परेपछि डाँगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

घोराही उपमहानगरपालिका–१८ निवासी ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा प्रहरीले डाँगीलाई आज विहान पक्राउ गरेर अनुसन्धान थालेको प्रवक्ता खड्काले जानकारी दिए।

अस्पताल गोर्खा ग्रुप अन्तर्गत सञ्चालित छ । गोरखा ग्रुपका अध्यक्ष मानबहादुर बुढाले घटनाले आफूलाई दुःख लागेको बताए । काठमाडौंमा रहेका अध्यक्ष बुढाले लुम्बिनी सञ्चारसँग कुरा गर्दै आफूलाई घटनबारे ढिलो जानकारी भएको भन्दै यसबारे आन्तरिक रुपमा छानविन हुने बताए ।



प्रतिक्रिया दिनुहोस !