१४ असार २०८३, आइतबार

अधिकांश वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा वैशाख महिनाकै ब्याजदरलाई दिए निरन्तरता

प्रकाशित मिति :  14 May, 2026 12:21 pm


काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा जेठ महिनाको लागि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

व्यक्तिगत निक्षेपमा १२ ओटा वाणिज्य बैंकहरूले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने एउटा बैंकले बढाएको छ । यस्तै, ७ ओटा वाणिज्य बैंकहरूले भने ब्याजदर घटाएका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ४.३४३ प्रतिशत छ । वैशाख मसिहनाको लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर ४.४ प्रतिशत रहेको थियो ।

सिद्धार्थ बैंकले ब्याजदर बढाएको छ । जेठ महिनामा यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.०५ प्रतिशत ब्याज दिने छ ।

ब्याजदर निरन्तरता दिएका राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत, नबिल बैंक ४.५५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४.५ प्रतिशत, सानिमा बैंक ४.५ प्रतिशत, लक्ष्मी सनराइज बैंक ४.५ प्रतिशत, ग्लोबल आइएमई बैंक ४.५ प्रतिशत, माछापुच्छ«े बैंक ४.५ प्रतिशत, नेपाल एसबिआई बैंक ४.२५ प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत, प्राइम कर्मशियल बैंकले ४.१५ प्रतिशत र एभरेष्ट बैंकले ४.०५ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, ब्याजदर घटाएका एनएमबी बैंकले ४.८ प्रतिशत, एन आई सी एशिया बैंकले ४.५ प्रतिशत, हिमालयन बैंकले ४.२५ प्रतिशत, नेपाल बैंकले ४.२५ प्रतिशत, सिटिजन्स बैंकले ४.१ प्रतिशत र स्ट्यण्डर्ड चार्टड बैंकले ४ प्रतिशत ब्याजदर तोकेको छ ।



प्रतिक्रिया दिनुहोस !