१ भदौ २०८३, सोमबार

नाग पञ्चमीमा टौदह (फोटो फिचर)

प्रकाशित मिति :  17 August, 2026 11:39 am


सोमबार देशभर नागपञ्चमी मनाइएको छ । नाग पञ्चमीको अवसरमा काठमाडौंको टौदहस्थित नागको मूर्तिमा भक्तजनले पूजा गरेका छन्। हिन्दू परम्पराअनुसार नागलाई जल, वर्षा, उर्वरता र प्रकृतिको प्रतीकका रूपमा श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ। नाग पञ्चमीका दिन घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने चलन पनि छ। यस दिन नागदेवताको पूजा गरेमा घरपरिवारमा सुख, शान्ति र समृद्धि कायम हुने तथा नागको भयबाट सुरक्षा मिल्ने धार्मिक विश्वास रहिआएको छ।

काठमाडौंको टौदह नाग पूजा तथा धार्मिक आस्थाको महत्वपूर्ण स्थलका रूपमा परिचित छ। नाग पञ्चमीका दिन यहाँ स्थानीय तथा भक्तजनहरू नागको मूर्तिमा पूजा, आराधना र दर्शनका लागि पुग्ने गर्छन्। परम्परा, धार्मिक आस्था र सांस्कृतिक अभ्याससँग जोडिएको नाग पञ्चमीले प्रकृति तथा जीवजन्तुप्रतिको सम्मानको सन्देशसमेत दिने गर्दछ।

तस्बिरहरु: AP Tolang/ Nepal Photo Service



प्रतिक्रिया दिनुहोस !