राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक (भिडियाे)
काठमाडौं ।
नारीलाई पिरको भारी भन्थे पहिले त,
डाक्टर, पाइलट, इन्जिनियर अहिले त ।
क्या नाम जिन्दगी मालामालै छ,
सासुले बुहारीलाई दुःख दिन्थे पहिले त,
आमा छोरी झैँ गर्छन् अहिले त ।
क्या नाम जिन्दगी मालामालै छ….
लाेकप्रिय गायिका राधिका हमालकाे नयाँ तीज गीतकाे पहिलाे अन्तरा हाे याे । यस्तै नारीकाे उन्नती प्रगतिका भावहरू समेटिएकाे गीत साेमबार सार्वजनिक भएकाे छ ।
भदाै लागे लगत्तै हमालले तीज लक्षित गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक गरेकी हुन् । हमालको शब्द तथा संगीत रहेको गीतमा कविता न्यौपाने, सफल पुन मगर (शाकिरा) र उषा सुवेदीको अभिनय रहेको छ।
‘राधिका हमाल प्रस्तुत’ तीज गीतका रूपमा सार्वजनिक गरिएको ‘जिन्दगी मालामालै छ’ २०८२ को तीजलाई लक्षित गर्दै ल्याइएको हो। गीत र भिडियो राधिका हमालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
गीतमा हमालकै शब्द र संगीत रहेकाले यसले मौलिक तीज सिर्जनालाई प्राथमिकता दिएको छ। भिडियोमा कविता न्यौपाने, सफल पुन मगर ९शाकिरा० र उषा सुवेदीको प्रस्तुति रहेको छ।
‘जिन्दगी मालामालै छ’ राधिका हमालको आधिकारिक युट्युब च्यानलमा हेर्न तथा सुन्न सकिनेछ।








