८ भदौ २०८३, सोमबार

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

प्रकाशित मिति :  24 August, 2026 11:12 am


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार सोमबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन्।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले गत ३ भदौमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्।

कांग्रेसले समर्थन फिर्ता लिएसँगै कोशीमा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को सहकार्यमा सरकार अघि बढेको छ।

नेकपासँग नयाँ राजनीतिक सहमति बनेपछि मुख्यमन्त्री कार्कीले सरकार पुनर्गठन गरेका छन्। पुनर्गठनपछि नेकपाका चार जना प्रदेशसभा सदस्यले गत सोमबार मन्त्रीका रूपमा शपथसमेत लिइसकेका छन्।



प्रतिक्रिया दिनुहोस !