१३ बैशाख २०८१, बिहिबार

पेशागत सुरक्षाको माग गर्दै पत्रकारहरुद्धारा प्रर्दशन (फोटो फिचर )

प्रकाशित मिति :  3 July, 2020 7:04 pm


काठमाडौं,१९ असार ।

पेशागत सुरक्षाको ग्यारेन्टीको माग पत्रकारहरुले आज प्रर्दशन गरेका छन् । नेपाल पत्रकार महासंघको अगुवाईमा आज काठमाडौंमा विरोध प्रदर्शन भएको हो ।

श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले प्रदर्शन गरेको हो । लकडाउनको अवधिमा श्रमजीवि पत्रकारहरुलाई जागिरबाट निकाल्ने लगायतका समस्या देखिएको भन्दै राजधानीको बबरमहलमा प्रदर्शन गरिएको हो ।

आन्दोलन सुरु गर्नुअघि यस अघि नै महासंघले विभिन्न सञ्चारगृहलाई अल्टिमेटमसहितको पत्र पठाएको थियो । तर, सुनुवाई नभएपछि महासंघले आज प्रर्दशन गरेको हो ।

पेशागत सुरक्षाको ग्यारेन्टी नहुँदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष गोविन्द आचार्यले बताएका छन् । श्रमजीवीहरुको मुद्धामा अन्तिम समयसम्म लड्ने प्रतिवद्धता जनाउँदै उनले कुनै पनि ढंगले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने बताए ।

महासंघले श्रमजीवि पत्रकारसम्बन्धि समस्या रहेका मिडिया हाउसमा आकस्मिक प्रर्दशन र धर्ना दिने कार्यक्रम पनि तय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !