१८ बैशाख २०८१, मंगलबार

झुन्डिएर आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

प्रकाशित मिति :  7 July, 2020 2:48 pm


ललितपुर , २३ असार ।

झुन्डिएर आत्महत्याको प्रयास गरी पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका एकजना २७ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको छ।

सोमबार गोरखाबाट ल्याइएका युवकमा कोरोना पुष्टि भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विष्णु शर्माले बताए।

भीमसेन थापा गाउँपालिका – २ निवासी २७ बर्षे युवकले असार २० गते आफ्नै घरमा पासो लगाई आत्महत्याको प्रयास गरेका थिए।

उनको उपचारका क्रममा गए राति मृत्यु भएको शर्माले जानकारी दिएका छन् । मृत्यु पश्चात गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन्।



प्रतिक्रिया दिनुहोस !