८ जेष्ठ २०८१, मंगलबार

कोरिया जान पाउनुपर्ने माग गर्दै युवाहरूको प्रदर्शन

प्रकाशित मिति :  8 July, 2020 5:20 pm


काठमाडौं, २४ असार । 

रोजगारीको लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै आज  काठमाडौंको माईतीघर मंण्डलामा प्रदर्शन भएको । कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले आज प्रदर्शन गरेका हुन् ।

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द भएपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले सरकारले उडान सञ्चालन नगरे सङ्घर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रदर्शनमा सहभागीले कि रोजगारी दिुनपर्ने कि कोरिया जान दिनुपर्ने र र कोरियाको लागि अन्तर्राष्ट्रिय उडान नियमीत गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनी गरेका थिए ।प्रदर्शनमा सहभागीहरू माग पूरा नभए चार हजार ५०० युवाहरुले आन्दोलन गर्नुको विकल्प नरहेको बताए  ।



प्रतिक्रिया दिनुहोस !