१८ बैशाख २०८१, मंगलबार

भारतको कानपुर गोली काण्डका मुख्य आरोपी विकास दुबे पक्राउ

प्रकाशित मिति :  9 July, 2020 10:54 am


काठमाडौं, २५ असार।

भारतको कानपुरमा डीएसपीसहित ८ जनाको ज्यान जाने गरि गोली काण्डका मुख्य अभियुक्त विकास दुबे पक्राउ परेका छन् ।

दुबे मध्य प्रदेशको उज्जैनबाट पक्राउ परेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । विकास दुबेले आत्मसर्मपण गरिएको बताईएको छ । हाल स्थानीय प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। यूपी पुलिसले विकास दुबेको पक्राउ पुष्टि गरेको छ।

विकास दुबेले आत्मसमर्पण गर्नुअघि स्थानीय मिडियालाई जानकारी गराएका थिए। यस पछि उनले उज्जैनको महाकाल पुलिस स्टेशन नजिकै स्थानीय पुलिससामु आत्मसमर्पण गरे। आरोपित विकास दुबेलाई प्रहरीले गिरफ्तार गरी महाकाल प्रहरी चौकीमा ल्याएको छ। आत्मसमर्पणको खबर पाएपछि एसटीएफ टोली उज्जैनको लागि प्रस्थान गरेको छ।

मन्दिर बाहिर चिच्याए : म विकास दुबे हुँ

विकास दुबे महाकाल मन्दिरको अगाडि उभिरहेका थिए। स्थानीय मिडिया त्यहाँ पुग्ने बित्तिकै उनी चिच्याए कि म विकाश डुबे हु । यस पछि, स्थानीय पुलिस पनि घटनास्थल पुगेको थियो। उनलाई तुरुन्तै पक्राउ गरियो र सीधा महाकाल पुलिस स्टेशनमा ल्याइएको थियो, जहाँ उनलाई सोधपुछ भइरहेको छ।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले भने,‘अहिले विकास दुबे मध्य प्रदेश पुलिसको हिरासतमा छन्। पक्राउ कसरी भयो ? यस बारे केही भन्नु ठीक हुँदैन। मन्दिर भित्र वा बाहिरबाट गिरफ्तार गर्नु भनेको पनि सही छैन। सुरुदेखि नै उसले क्रूरताको सीमा पार गरिसकेको थियो। हामीले घटनाको बारेमा पुलिसलाई सतर्क राख्यौं।’

कानपुरमा एक जना डीएसपीसहित ८ प्रहरीको हत्या भएपछि विकास दुबै नेपाल पसेको भनेर भारतीय मिडियाले प्रचार गरिरहेका थिए । तर उनी भारतमै पक्राउ परेका छन् ।

भारतमा आपराधिक समूहसँगको गोली हानाहानमा डीएसपीसहित ८ प्रहरी मारिए



प्रतिक्रिया दिनुहोस !