८ जेष्ठ २०८१, मंगलबार

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिह्न प्रदान

प्रकाशित मिति :  9 July, 2020 1:16 pm


bHof{gL lrGx k|bfg sf7df8f}F, @% c;f/ . u[x;lrj dx]Zj/ Gof}kfg]af6 gjlgo’Qm k|x/L dxflg/LIfs z}n]z yfkf If]qLnfO{ laxLaf/ bHof{gL lrGx k|bfg . t:jL/M /f]zg ;fksf]6f÷/f;;
नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिन्ह प्रदान गर्दै गृहसचिव महेश्वर न्यौपाने ।

काठमाडाैं,२५ असार । 

गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन्।

गृह मन्त्रालयमा आज बिहान आयोजित एक समारोहबीच दज्र्यानी चिह्न प्रदान गर्दै गृहसचिव न्यौपानेले कानूनको परिपालनामा थापाको कार्यकालमा उच्च व्यावसायिकता प्रदर्शन हुने विश्वास व्यक्त गरे ।

कानूनको पालनाका सन्दर्भमा निर्मम हुन आग्रह गर्दै उनले गलत प्रवृत्तिविरुद्ध ‘हिट’ गर्न निर्देशनसमेत दिएका छन् ।

‘मैले पहिले पनि भनेको हुँ, अहिले पनि भन्छु, सङ्गठनमा कुनै पनि गलत प्रवृत्ति देखियो भने निकालेर फालौँ, कुनै भनसुन चल्दैन, हरेक निर्णय कानून र निष्पक्षतामा रहेर हुन्छ’, गृहसचिव  न्यौपानेले भने । प्रहरी जनतामा घुलमिल हुने सङ्गठन भएकाले नागरिकमैत्री व्यवहार हुनुपर्नेमा उनले जोड दिए ।

प्रहरी सङ्गठनमा एकढिक्का बनाएर लैजानुपर्ने, मनोबल र सेवा सुविधा बढाउनुपर्ने, कानूनको परिपालनालाई प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको उनले बताए ।

उनले अपराध अनुसन्धानमा शून्य सहनशीलता अपनाउन प्रहरी अधिकृतलाई निर्देश गरेका छन् ।  तीन तहको राज्य संरचना अनुसार प्रहरी समायोजन गर्ने अभिभारा प्रहरी महानिरीक्षकसामु रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !