३० बैशाख २०८१, आइतबार

नयाँ संविधानका लागि चिलीमा जनमतसंग्रह घोषणा

प्रकाशित मिति :  17 November, 2019 6:48 am


मंसिर १  काठमाडौं ,   चिलीमा नयाँ संविधान निर्माणका लागि जनमतसंग्रह हुने भएको छ ।

चिलीमा नयाँ संविधान र यसमार्फत् राजनीतिक सुधारका लागि भन्दै गएको करिब महिना दिनदेखि नै आन्दोलनकारीहरुले दिनहुँजसो प्रदर्शन गरिरहेका छन् ।

उनीहरुको मागको सम्बोधन गर्दै चिलीको सरकारले शुक्रबार नयाँ संविधान लेखनका लागि जनमतसंग्रह गर्ने घोषणा गरेको हो ।

यहाँको वर्तमान संविधान सन् १९८० मा जारी भएको हो । त्यस संविधानलाई तानाशाहले जबर्जस्ती जारी गरेको भन्दै अब प्रजातान्त्रिक संविधान बनाउने भनेर यो घोषणा गरिएको हो ।

चिलीका पूर्वशासक अगस्तो पिनोचेटले सो संविधान जारी गरेको र उक्त संविधान प्रजातान्त्रिक संविधान नरहेको भन्दै नयाँ संविधान जारी गर्न जनमतसंग्रहको माग प्रदर्शनकारीहरुले गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !