१५ बैशाख २०८१, शनिबार

नेपालसम्बन्धी पाकिस्तानी विदेशमन्त्रीको ट्वीट्ले भारतमा तरंग

प्रकाशित मिति :  11 July, 2020 8:19 am


काठमाडौं, २७ असार ।

पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरैशीले भारत र नेपाल तनावको बीच हिजो बेलुकी  एक ट्वीट गरे। उनको ट्वीटमा भारत-नेपाल तनावको बारेमा केहि उल्लेख नभएपनि यसलाई पाकिस्तानलाई नेपालको नजीक ल्याउने प्रयासको रुपमा हेरिएको छ ।

कुरेशीले नेपालमा बाढी र पहिरोको बारेमा ट्वीट गरेका छन्,‘ कुरेशीले आफ्नो ट्वीटमा भनेका छन्,‘हामी बाढी र पहिरोबाट नेपालमा उत्पन्न संकटप्रति नेपालका जनतामा संवेदना व्यक्त गर्दछौं। हामी नेपालका जनताका साथमा छौं र पीडित परिवारका लागि प्रार्थना गर्दछौं।’

पछिल्लो दुई दिनमा नेपालमा बाढीपहिरोका कारण जनधनको क्षति भएको छ ।

भारत र नेपालमा सीमा विवादका कारण तनाव जारी छ । नेपालले आफ्नो भूभाग लिपुलेक, लिम्पियाधुरा र कलापानीलाई समेटेर नयाँ नक्शा जारी गरेपछि भारतले असन्तुष्टि जनाएको छ ।

पाकिस्तानी विदेशमन्त्री कुरैशीले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गरेर ट्विीट गरेका छन् । तर भारतीय सञ्चारमाध्ममले भने नेपालमा त्यस्तो समवेदना नै व्यक्त गर्नेगरि बाढी पहिरो नआएको भन्दै पाकिस्तानी विदेशमन्त्रीको ट्वीट नेपालसँग नजिक हुने प्रयासको रुपमा टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !