२० बैशाख २०८१, बिहिबार

सङ्खुवासका पहिराे विस्थापितलाई अस्थायी बासस्थान

प्रकाशित मिति :  16 July, 2020 12:19 pm


सङ्खुवास, साउन १ । 

सङ्खुवासभाको शिलिचोङ–१ को बेसिन्दामा गत आइतबार पहिरो जाँदा विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ । शिलिचोङ–१ वालाको बुधबारे बजारमा सेनाको बराहदल गुल्मले अस्थायी बासस्थानका लागि पाल र शौचालय निर्माण गरिदिएको हो ।

पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका विस्थापित ८२ घरका ३८० जनालाई अस्थायी बसोबासका लागि प्रदेश नं १ सरकारले मङ्गलबार नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामग्री बुधबारे बजारमा पु¥याएको थियो ।

सामग्री पुगेसँगै सेनाले पाल निर्माण गरेको हो । विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउने र थप राहत र उद्धारको कामलाई प्रभावकारी र सहज बनाउने शिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताए ।

अस्थायी बसोबासका लागि तयार गरेको पालमा, शौचालय, खानेपानी र बिजुलीबत्ती जडान भइरहेको जानकारी दिए । पहिरोमा हराइरहेका ११ जनाको खोजी जारी रहे पनि अवस्था पत्ता लाग्न नसकेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताएका छन् ।

गतअसार २७ गते राति गएको पहिरोमा ११ बेपत्ता भएका छन् भने बेपत्ताको खोजीमा खटिएका एक जनाको मृत्युुसमेत भएको थियो ।
यस्तै पूर्व खानेपानी राज्यमन्त्री दीपक खड्का र पर्यटन व्यवसायी मिङ्मा शेर्पाले निजी खर्चमा हेलिकोप्टरबाट १५ जनालाई उद्धार गरेका छन् । बिरामी, सशक्त र वृद्धवृद्धालाई चित्रेको शेर्पा बस्तीबाट वालाको बुधबारेमा उद्धार गरिएको हो ।

दुई जना पहिरोमा परेर घाइते भएकालाई उद्धार गरेर जिल्ला सदरमुकाम खादबारीमा उपचारका लागि ल्याइएको छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । सेनाको एमआई–१७ हेलिकोप्टर पहिरोग्रस्त बेसिन्दामा बस्न नसकेपछि पूर्वमन्त्री खड्का र पर्यटन व्यवसायी शेर्पाले निजी खर्चमा उनीहरुको उद्धार गरेका हुन् । रासस ।



प्रतिक्रिया दिनुहोस !