६ जेष्ठ २०८१, आइतबार

आज साउने संक्रान्ति पर्व मनाइदै

प्रकाशित मिति :  16 July, 2020 2:51 pm


काठमाडाैं, साउन १ । 

आज साउन कृण्ण एकादशी तिथी सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिन ।हिन्दू धर्मालम्बीहरुले आज साउने सङ्क्रान्ति एउटा पर्बको रुपमा मनाउदै आएका छन् ।

कृषिमा आधारित देशमा मानाे खाई मुरी उब्जाउने भन्ने कथनअनुसार असार महिनाभर खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी मिठाे खाने चलन रहेको छ ।एक महिनाभर खेती लगाउन ब्यस्त भएका किसानलाइ थकान मेट्न पनि याे पर्व मँनाउदै आएकाे पाईन्छ ।राेग ब्यादि नलागाेस् भनि आजकै  दिन लुतो फाल्ने चलनपनि परम्परादेखि मानिदै आएकाे छ।

परम्परानुसार भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने चलन नेपाली समाजमा छ ।

साउन महिनालाई शिव भगवानकाे महिना पनि मानिन्छ । साउन महिनाकाे हरेक साेमबार शिव भगवानकाे आराधाना गर्नाले मनमा शान्ति हुने, घरपरिवारमा सुखशान्ति आउने, इच्छाएकाे कुरा पुरा हुने विश्वास गरिदै आएकाे छ । यस्तै नारीहरूले हरियाे चुरा, मेहेन्दी लगाएर याे पर्व मनाउदै आएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !