२२ बैशाख २०८१, शनिबार

सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ तथा चाँदीको १० रुपैयाँले घट्यो

प्रकाशित मिति :  17 July, 2020 12:54 pm


काठमाडौं, साउन २ । 

सुनको भाउ आज  प्रतितोला ५ सय रुपैयाँ तथा चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार २ सय, तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ७६० रुपैयाँ, र चाँदी प्रतितोला ९ सय ९५ रुपैयाँ कायम गरेको छ ।

बिहीबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ७ सय रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ९२ हजार २६० रुपैयाँ, र चाँदी प्रतितोला १ हजार ५ रुपैयाँ थियो।

गत बुधबार नेपाली बजारमा सुन सबैभन्दा उच्च मूल्य प्रतितोला ९२ हजार ८० सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९२ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया दिनुहोस !