२४ बैशाख २०८१, सोमबार

आगामी तीन दिनसम्म देशका धेरै स्थानहरुमा वर्षा हुने

प्रकाशित मिति :  18 July, 2020 8:51 am


काठमाडौं, साउन ३ । 

आगामी तीन दिनसम्म देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको महाशाखाको भनाई छ ।

आगामी तीन दिनसम्मको मौसमी पूर्वानुमान सार्वजनिक गर्दै महाशाखाले  गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै  स्थानहरुमा र  प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना  भएकोले  सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेका साथै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित रहेको महाशाखाको भनाई छ ।

तीन दिनसम्मको मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ।

हालको मौसमको अवस्था (Present Weather Status):

देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन ३ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखी पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै  स्थानहरुमा र  प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ४ गते (आइतबार)

दिउँसोः देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र सुदुर पश्चिम प्रदेश, प्रदेश १ का  एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश केही स्थानहरुमा र  प्रदेश २, सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका र प्रदेश ५ का  थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ५ गते (सोमबार)

दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश केही स्थानहरुमा र  प्रदेश २, सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका र प्रदेश ५ का  थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५ का केही स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

  आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै  स्थानहरुमा र  प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना   भएकोले  सतर्कता अपनाउन हुन अनुरोध छ ।



प्रतिक्रिया दिनुहोस !