१७ बैशाख २०८१, सोमबार

विश्वभर डेड करोड संक्रमित; ६ लाखको मृत्यु, ८२ लाख ठीक भए: भारतमा मात्र २८ हजारकाे मृत्यु

प्रकाशित मिति :  21 July, 2020 8:28 am


काठमाडौं, साउन ६ ।

विश्वभर कोरोना भाइसरको संक्रमितको संख्या १ करोड ४६ लाख ५५ हजार नाघेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ लाख ९ हजार १९८ पुगेको छ ।

जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार विश्वभर ८२ लाख २७ हजार ८ सय भन्दा बढीले उपचारपछि कोरोना जितेर घर फर्केका छन् ।

सबैभन्दा बढी संक्रमितको पुष्टी अमेरिकामा ३८ लाख २५ हजार बढी छ भने दोस्रोमा ब्राजिल, तेस्रोमा भारत, चौथोमा रसिया, पाँचौमा दक्षिण अप्रिका रहेका छन् ।

भारतमा साढे ११ लाख संक्रमित, २८ हजारकाे मृत्यु

छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमितको संख्या ११ लाख ५४ हजार ९१७ सय नाघेको छ । पछिल्लो तीन दिन यता दैनिक ३५ हजार बढी संक्रमण पुष्टी भएको छ । सोमबार मात्र ३५ हजार ७ सय बढी पुष्टी भएको छ ।

निको हुनेको संख्या पनि बढ्दो छ । भारतमा हालसम्म ७ लाख २४ हजार ७ सय बढी निको भएका छन् । ८ हजार ९ सय बढीको अवस्था भने अझै गम्भीर रहेको छ ।

कोभिड १९ इन्डिया अनलाइन पोर्टलका अनुसार भारतमा मृत्यु हुनेको संख्या २८ हजार ९९ पुगेको छ । सोमबार मात्र ५ सय ९६ को मृत्यु भएको छ । भारतमा हालसम्म १ करोड ४० लाख ४८ हजार बढीको परिक्षण गरिसकिएको छ ।



प्रतिक्रिया दिनुहोस !