२२ बैशाख २०८१, शनिबार

सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ पुग्यो

प्रकाशित मिति :  22 July, 2020 2:18 pm


काठमाडौं, साउन ७ ।  

सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १३ सयले बढेर ९४ हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय ६० पुगेको छ ।

हिजो छापावाला सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार २ सय ६० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला ९५ ले बढेर एक हजार १३५ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताए । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ८६.४५ डलर पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !