२४ बैशाख २०८१, सोमबार

सन् २०२१ भन्दा पहिले कोरोना भाइरसको खोप बन्ने कुनै आशा छैन : डब्लुएचओ

प्रकाशित मिति :  23 July, 2020 7:56 am


काठमाडौं, ८ साउन ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले सन् २०२१ भन्दा पहिले कोरोना भाइरसको खोप बन्ने कुनै आशा नभएको बताएको छ । विश्वभर कोरोना खोपको परीक्षण चलिहेका संगठनले २०२१ भन्दा पहिले खोपको आशा गर्न नसकिने बताएको छ ।

विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइक रायनले भनेका छन्, “अनुसन्धानकर्ताहरूले कोरोना भाइरस खोपबाट राम्रो सफलता पाइरहेका छन् तर २०२१ भन्दा पहिले यो आशा गर्न सकिँदैन।”

उनले खोप उत्पादनमा केही ढिलो भएपनि सुरक्षा मापदण्डमा कुनै कमि हुन नदिनु महत्वपूर्ण हुने उल्लेख गरेका बीबीसीले जनाएको छ ।

निर्देशक रायनले भने, “खोपलाई सुरक्षित र प्रभावकारी बनाउन हामीले सकेजति सबै गरिसकेका छौं भनेर सुनिश्चित गर्नुपर्दछ। सावधानी अपनाउनुपर्छ । हामीलाई खोप तयार गर्न केही समय लाग्न सक्छ तर वास्तवमा हेर्ने हो भने अर्को वर्षको सुरुवातमा मानिसलाई खोप दिन सक्षम हुनेछौं ।”
विश्व स्वास्थ्य संगठनका अनुसार धेरै सम्भावित खोपहरू परीक्षणको तेस्रो चरणमा छन् तर कुनै पनि खोपहरू सुरक्षा मापदण्ड वा प्रभावकारिता पूरा गर्न सफल भएका छैनन् ।



प्रतिक्रिया दिनुहोस !