११ बैशाख २०८१, मंगलबार

पहिरामा परेर बागलुङमा ४ जनाको मृत्यु,कालिकोटमा ६ जना बेपत्ता

प्रकाशित मिति :  28 July, 2020 9:54 am


काठमाडौं, १३ साउन ।

लगातारको वर्षापछि बागलुङमा ४ जनाको मृत्यु भएको छ भने कालिकोटमा ६ जना बेपत्ता भएका छन् ।

बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहेकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छन् । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन् । घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुर्दा अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको छ । निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । शबको पहिचान नभएको प्रहरीले जनाएको छ ।

कालिकोटको रास्कोट नगरपालिका—१ लहरेला बडोलतोलामा आएको पहिरोले एक घर बगाउँदा पाँच जना वेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण गएराति घरको माथिवाट आएको पहिरोले जयबहादुर शाहीको घरै बगाएर लगेपछि घरमा सुतिरहेका जयबहादुरका छोराछोरी र श्रीमतिसहित पाँच जना वेपत्ता भएको कालिकोट प्रहरीले जनाएको छ ।

अहिले वेपत्ताको प्रहरी प्रशासन, नगरपालिका, स्थानीयलगायतले खोजिकार्य गरिरहेका छन् । नरहरिनाथ गाँउपालिका खुलालुमा पनि पहिरोमा परि थप एकजना वेपत्ता भएका छन । उनको पनि खोजिकार्य भरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !