२२ बैशाख २०८१, शनिबार

प्यूठानमा समुदायभित्र कोरोना संक्रमण भएको निष्कर्ष , ‘कन्ट्याक ट्रेसिङ’ सुरु

प्रकाशित मिति :  6 August, 2020 8:27 am


प्यूठान, २२ साउन ।

प्यूठानमा पहिलो पटक समुदायमा कोरोना संक्रमण देखिएको भन्दै ‘कन्ट्याक ट्रेसिङ’ सुरु गरिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा हिजो प्यूठान नगरपालिका २ महिला र तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । ५ जना मध्य ४ जना क्वारेन्टाईनमा र १ जना बाहिर समुदाय स्तरमा परीक्षण गर्दा कारोन संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

समुदाय स्तरमा परीक्षण गर्दा कोरोन भेटिएपछि स्वास्थ्य कार्यालय प्यूठानले समुदाय स्तरमा कोरोना गएको निष्कर्षमा पुगेको हो । स्वास्थ्य कार्यालय प्यूठानले आजैदेखि समुदायस्तरमा परीक्षणलाई तिब्रता दिने निर्णय गरेको छ । पहिलो चरणमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका शंकास्पद व्यक्तिहरुको स्वाब परीक्षण गरिने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

आज प्यूठान नगरपालिकाको वडा नम्बर ७ र ८ आसपासमा स्वाब संकलन गर्दैछ । नमुना सङ्कलन गरेपछि नतिजा नआउँदासम्म घरैमै बस्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

स्वास्थ्य कार्यालयले भनेको छ,“ कृपया जनस्वास्थ्यको मापदन्डहरुको पूर्ण पालना गरौस नमुना सङ्कलन गरे पश्चात कृपया नतिजा नआउन्जेल अनिबार्य घरमै बसौ धैर्य गरौ पश्चात कृपया नतिजा नआउन्जेल अनिबार्य घरमै बसौ धैर्य गरौँ ।”

प्यूठान जिल्लामा ७ जना कोरोना संक्रमितको आइसोलेशनमा राखेर उपचार भइरहेको छ । अहिलेसम्म ३४२ जनामा कोरोना संक्रमण देखिएकोमा ३३५ जना निको भएर घर फर्किसकेका छन् । ९ वटा स्थानीय तह रहेको प्यूठानमा प्यूठान नगरपालिकामा ५ र मल्लरानी गाँउपालिकामा २ जनाबाहेक ७ वटा स्थानीय तहमा संक्रमण सून्य छ ।



प्रतिक्रिया दिनुहोस !