२१ बैशाख २०८१, शुक्रबार

काठमाडौंको चुच्चेपाटीमा श्रीमती र छोरीमाथि एसिड प्रहार

प्रकाशित मिति :  6 August, 2020 11:27 pm


‌काठमाडौं, २२ साउन ।

काठमाडौंको चुच्चेपाटीमा श्रीमती र छोरीमाथि एसिड आक्रमण भएको छ। बिहीबार साँझ करिब ९ बजे हेटौंडा घर भइ चुच्चेपाटी बस्दै आएका ४४  बर्षिय राजन विष्टले श्रीमती र छोरीलाई एसिड प्रहार गरेका हुन्।

उनलाई प्रहरीले नियन्त्रणमा लिईसकेको बताएको छ। मादक पदार्थ सेवन गरी घरयासी झगडाका निहुमा एसिड प्रहार गरेको प्रहरीको भनाई छ। विष्टलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ।

आमा छोरीको टाउको, अनुहारमा एसिड परेका कारण उनी हरूको चावहिलको हल्पिगं हेन्ड अस्पताल उपचार भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस !