७ बैशाख २०८१, शुक्रबार

शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती अस्वस्थ, जेष्ठ सदस्यको अध्यक्षतामा बैठक

प्रकाशित मिति :  7 August, 2020 7:36 pm


sf7df8f}F, $ k’; . lzIff tyf :jf:Yo ;ldltsf] z’qmaf/ v]ns’b ljsf; ;DaGwdf Joj:yf ug{ ag]sf] law]os dfly 5nkmn sfo{qmdnfO{ ;Daf]wg ub}{ ;efklt hok’/L 3tL{ . t:jL/ M rGb|snf If]qL, /f;;

काठमाडाैं, २३ साउन । 

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती अस्वस्थ्य भएपछि जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेको छ ।

नशा सम्बन्धि समस्याका कारण सभापति घर्ती झण्डै २ महिनादेखि उपचाररत छिन् । स्पार्क अस्पताल सतुंगल, काठमाडौंमा उपचार भईरहेको छ ।

सहयोगि भृकुटी मगरले सभापति घर्ती  नशासम्बन्धी समस्या भएपछि झण्डै दुईमहिनादेखि उपचाररत रहेको जानकारी दिईन् ।

उनले भनिन्, ” नशामा समस्या देखिएपनि केही समय त सकृय हुनुहुन्थ्यो तर अहिले अलि असजिलो भएपछि अस्पतालमा उपचार गराईरहनु भएको छ ।”

समिति निष्कृय भएको गुनासो आएको भन्दै सहयोगि मगरले भनिन्,”सभापति ज्यूको स्वास्थ्यमा समस्या देखिएपछि बैठक नियमित हुन सकेको थिएनन तर उहाँले नै आग्रह गरेपछि जेष्ठ सदस्यको अध्यक्षतामा बैठक अगाडि बढेको हो ।”

समिति सभापति घर्तीले अहिलेको अवस्थामा शिक्षा तथा स्वास्थ्य समिति महत्वपूर्ण भएको भन्दै आफू अस्वस्थ भएपनि बैठक नरोकिने बताएको सहयोगि मगरले जानकारी दिईन् ।

जेष्ठ सदस्य मानबहादुर विश्वकर्माको अध्यक्षतामा आज बसेको समिति बैठकले विद्यालय सञ्चालन र पठनपाठनसँग सम्बन्धित मन्त्रालयको तयारीबारे छलफल गरेको छ । समितिले शिक्षा मन्त्री, सचिव र विभागका महानिर्देशक लगायतसँग छलफल गरेको छ ।



प्रतिक्रिया दिनुहोस !