१४ बैशाख २०८१, शुक्रबार

रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक जना घाईते

प्रकाशित मिति :  8 August, 2020 9:13 am


रुपन्देही, २४ साउन ।

रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

परासीबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ६७५६ नम्बरको कार गएराति रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागड स्थित हुलाकी सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ४ जनालाई उपचारका लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

दुर्घटनामा मृत्यु भएका रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीको मात्रै पहिचान खुलेको छ । उनी कारका चालक हुन् ।  घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय अनिल यादव रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !