७ बैशाख २०८१, शुक्रबार

सशस्त्र प्रहरीमा संक्रमण, महाेत्तरीमा सशस्त्रका नौ जवान सङ्क्रमित

प्रकाशित मिति :  8 August, 2020 9:27 pm


महोत्तरी, २४ साउन । 

महोत्तरीमा नौ सशस्त्र प्रहरीसहित १४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि आज भएको छ ।

सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका एकसहित नौ सशस्त्र प्रहरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा अब कूल सङ्क्रमितको सङ्ख्या ८६८ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले आज जनाएको छ । प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि मन्त्री यादवको सम्पर्कमा रहेकाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ ।

मन्त्री यादव सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालयले गत मङ्गलबार आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको थियो । त्यसलगत्तै बुधबार मन्त्री यादवमा सङ्क्रमण भएको पुष्टि भएको थियो ।

परीक्षण नतिजा नआउँदै सार्वजनिक कार्यक्रममा मन्त्री यादव सरिक भएपछि त्यस अवधिमा उहाँका सम्पर्कमा आएका अन्य व्यक्तिको जाँच गर्दा आज पाँच सर्वसाधारणलाई पनि पोजेटिभ देखिएको छ ।

यसअघि प्रहरी मुख्यालय र ट्राफिक प्रहरी मुख्यालयका प्रहरीमा पनि काेराेना संक्रमण पुष्टी भइसकेकाे छ ।



प्रतिक्रिया दिनुहोस !