१४ बैशाख २०८१, शुक्रबार

देशभर थप ३ सय ८० जनामा संक्रमणको पुष्टि, सबैभन्दा धेरै काठमाडौं उपत्यकामा भेटिए

प्रकाशित मिति :  9 August, 2020 4:35 pm


काठमाडौं, २५ साउन ।

देश भर ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न ३७ वटा प्रयोगशालामा गरिएको परिक्षणमा नयाँ ३ सय ८० जनामा संक्रमणको पुष्टि भएको जानकारी दिए ।

विगत २४ घण्टामा जनामा ८,८१५ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो।

कोरनो संक्रमितको संख्या काठमाडौं उपत्यकामा बढ्दै गएको देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।



प्रतिक्रिया दिनुहोस !