८ बैशाख २०८१, शनिबार

भारतले भन्यो, ‘गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएकोमा कुनै शंका छैन’

प्रकाशित मिति :  9 August, 2020 7:52 pm


काठमाडौं, २५ साउन ।

भारतले गौतम बुद्धको जन्म नेपालमा भएको विषयमा कुनै शंका नभएको प्रष्ट पारेको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, “गौतम बुद्धको जन्म लुम्बिनीमा भएकोमा कुनै शंका छैन जुन नेपालमा पर्छ ।”

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा बोल्दै भारतीय विदेशमन्त्री एस.जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएपछि नेपालमा विरोध भएको थियो ।

बिदेशमन्त्री जयशंकरको अभिव्यक्ति आएपछि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको गौतम बुद्धको जन्म नेपालमै भएको स्पष्ट पारेको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवाले बुद्ध नेपालको लुम्बिनीमा जन्मेकोमा कुनै शंका नभएको बताएका हुन्। उनले आज प्रष्टिकरण दिँदै विदेशमन्त्री जयशंकरले बौद्ध धर्मका सम्पदा नेपाल र भारत दुबै देशको साझा भएको मात्रै बताउन खोजेको उल्लेख गरेका छन्।



प्रतिक्रिया दिनुहोस !