१३ बैशाख २०८१, बिहिबार

अध्यागमन विभागका एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि, आपतकालीन बाहेकका सबै सेवा बन्द

प्रकाशित मिति :  10 August, 2020 2:19 pm


काठमाडौं, २६ साउन ।

अध्यागमन विभागका एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ ।

विभागका निर्देशक रामचन्द्र तिवारीले विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोनो नेटेटिभ र एक जनामा पोजेटिभ आएको जानकारी दिए । विभागले प्रवेशाज्ञा ‘भिसा’ सेवा केही समयका लागि भन्दै बन्द गरेको छ ।

कोरोना पोजेटिभ देखिएका कर्मचारीलाई आइसोलेसनमा पठाइएको र उनीसँग सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई पनि होम आइसोलनमा राखिएको निर्देशक तिवारीले बताए ।

विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित सञ्चालनमा छ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत गौलोचन सैँजुले विमानस्थलको अध्यागमन सेवा समान्वयरुपमा सञ्चालन भइरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !