११ बैशाख २०८१, मंगलबार

देशभर थप ३ सय ३८ जनामा कोरोना संक्रमणको पुष्टि,काठमाडौं उपत्यकामा ४४ जना थपिए

प्रकाशित मिति :  10 August, 2020 5:41 pm


काठमाडौं, २६ साउन ।

देशभर थप ३ सय ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा विगत २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३८ जनामा संक्रमणको पुष्टि भएको जानकारी दिए ।

काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

रौतहटमा ३१, मकवानपुरमा २३, पर्सामा २२, सर्लाहीमा २१, दैलेखमा १७, मोरङ र प्यूठानमा १५/१५, धनुषामा १३, कपिलवस्तुमा ११, कैलाली र सल्यानमा सात/सात, सिन्धुलीमा छ, दाङमा पाँच, नुवाकोटमा चार, महोत्तरी, बारा र गोरखामा तीन/तीन, खोटाङ, तनहुँ, बर्दिया र नवलपरासी पूर्वमा दुई/दुई तथा झापा, सिन्धुपाल्चोक, अछाम, अर्घाखाँची, बागलुङ, चितवन, पाल्पा, रामेछाप, स्याङ्जा, रुपन्देही, रोल्पा, सुर्खेत, बैतडी र बझाङमा एक/एक सङ्क्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् । पर्सा, रौटहट, महोत्तरी र काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् ।

यससँगै हालसम्म संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ। विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ४० जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्। अहिलेसम्म  १६ हजार ४ सय ९३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । विगत २४ घण्टामा परीक्षण भएको छ।

त्यस्तै ७९ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !