७ बैशाख २०८१, शुक्रबार

काठमाडौंको गोंगबु हत्याकाण्ड आरोपी महिला सार्वजनिक

प्रकाशित मिति :  11 August, 2020 12:55 pm


काठमाडौं, २७ साउन ।

काठमाडौंको गोंगबुमा बिभत्स हत्या गरी सुटकेशमा शरीरको भाग र झोलामा टाउको राखेर फालेको आरोपमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।

हत्या गरेपछि चितवन माइत गएर बसेकी कल्पना मुडभरी(पौडेल)लाई पक्राउ गरेर आज काठमाडौं प्रहरीले सार्वजनिक गरेको हो ।

रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं.७ स्थायी घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा विभत्स तरिकाले हत्या गरेर फालेको आरोपमा पक्राउ परेकी कल्पनालाई प्रहरी सार्वजनिक गरेको हो ।

चितवनको कालिका नगरपालिका वडा नम्बर ७ घर भई हाल टोखा नगरपालिका वडा नम्बर १० नवज्योति मार्ग बस्ने कल्पनालाई चितवनको कालिका नगरपालिका वडा नं. ९ शक्तिखोर स्थित माईतीघरबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

कल्पना अभियन क्षेत्रमा पनि कृयाशील रहेको र केही केही टेलिशृंखलामा  समेत खेलेको प्रहरीले जनाएको छ । उनलाई चितवन प्रहरीको समन्वयमा हिजो पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

हत्यापछि कल्पना साउन २५ गते बेलुकी बिरामी लिएर काठमाडौं आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको खुलेको छ । अनुसन्धानको क्रममा कल्पनाकी छोरी पनि शव ब्यबस्थापनमा संलग्न रहेको भन्दै खोजी भईरहेको जनाएको छ ।

मृतक बिगत ८ महिनादेखि उक्त होटलमा बस्दै आएका थिए । मृतक र कल्पनाबीच झण्डै ३/४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको देखिएको छ । मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतकले कल्पनाको फोटो राखी फेक फेसबुक आई.डी.खोली चलाउने गरेको र आफू अनुकुल चल्नको लागि दबाब दिने गरेको प्रहरीको भनाई छ ।

हत्याको दिन बोहोरा आफू बसेको होटलबाट बा ७२ प ५६४४ नं.को स्कुटी प्रयोग गरी कल्पनाको कोठामा पुगेका थिए । बाहोरालाई
कल्पनाले दही, चिउरा, मासु र भोड्का खान दिएर अन्तिममा हत्या गरेको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस !