१४ बैशाख २०८१, शुक्रबार

कोरोना अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुका २ जनाको मृत्यु

प्रकाशित मिति :  12 August, 2020 8:56 am


काठमाडौं, २८ साउन । 

कोरोना अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले कोरोना अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु नगरपालिका वाड नं.२ का ४२ वर्षीय एक जना र कृष्णनगर नगरपालिका वडा नम्बर १२ का २३ वर्षका पुरुष १ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

४२ वर्षीय व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको थियो भने कृष्णनगर नगरपालिकाको पुरुषको नमुना परीक्षणका क्रममा रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !