१३ बैशाख २०८१, बिहिबार

देशभर थप ५२५ जनामा कोरोना संक्रणको पुष्टि, काठमाडौं उपत्यकामा मात्रै १२७ जना भेटिए

प्रकाशित मिति :  13 August, 2020 5:50 pm


काठमाडौं, २९ साउन ।

देशभर २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले देशभर ३८ वटा ल्याबमा ९ हजार ८५९ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र १२७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्य काठमाडौं जिल्ला १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना छन् ।

मोरङका ८८, धनुषाका ५३, पर्साका ३९, मकवानपुरका २८, सर्लाहीका २६, रौतहटका २५, कविलवस्तुका २१, सुनसरी र महोत्तरीका २०र०२० जना, रुपन्देहीका १२, चितवनका ११, बाँकेका १० र काभ्रेका ८ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी इलामका ४ जना, रामेछाप, प्यूठान, कास्की, नवलपरासी पूर्व र बर्दियाका ३र३ जना, झापा, सिराहा, सिन्धुली र दाङका २/२ जना तथा उदयपुर, बारा, नुवाकोट, दोलखा, नवलपरासी, तनहुँ, पाल्पा, सुर्खेत, बैतडी र डोटीका १र१ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !