७ बैशाख २०८१, शुक्रबार

बुटवल उपमहानगर क्षेत्रभित्र आज रातिदेखि लकडाउन

प्रकाशित मिति :  13 August, 2020 6:02 pm


रुपन्देही, २९ साउन ।

बुटवल उपमहानगर क्षेत्रभित्र आज रातिदेखि लकडाउन गरिने भएको छ । बुटवल उपमहानगरको बैठकले आगामी भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ ।

लकडाउन आज राति ११ः४५ बजेदेखि भदौ ५ गते ११ः४५ बजेसम्म लागू हुने प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी गराएका छन् । निर्णय अनुसार बुटवलभित्रका खाद्यान्न पसल बिहान ७ देखि ११ बजेसम्म मात्रै खुल्न पाउनेछन् । दूध उद्योग बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्रै खुल्न पाउने उपमहानगरपालिकाले जनाएको छ ।

लकडाउनपछि सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइने र तरकारी बोक्ने गाडी पनि परिचयपत्र बोकेर मात्रै सञ्चालन गर्न पाइने छ । उपमहानगरपालिकाले होटल तथा रेष्टुरेन्ट पनि बन्द गर्न निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस !