१६ चैत्र २०८०, शुक्रबार

पशुपतिनाथमा नेपाली पुजारीको माग गर्दै ७५ दिन भोक हडताल गर्ने स्वामी कश्यपको निधन

प्रकाशित मिति :  13 August, 2020 10:03 pm


प्यूठान, २९ साउन । 

प्यूठानका चर्चित सन्त स्वामी लोकनाथ अधिकारी(कश्यप)को निधन भएको छ ।

‘श्री ३ सन्त स्वामी’ अधिकारीको खोलामा बगेर मृत्यु भएको हो । यद्यपी अधिकारीले छोडेको नोटमा “आफूले जल समाधी लिएको” लेखिएको आफन्त केशव पोख्रेलले जानकारी दिए । अधिकारी रोल्पा र प्यूठानको सीमानामा पर्ने लुंग्री र माडीको दोभानबाट हिजो बिहानै बगेको देखिएको छ । उनको शव दाङको गढवामा भेटिएको थियो ।

प्यूठानको तिराम निवासी अधिकारी जीवनभर हिन्दू धर्म संस्कृति र नेपाली तिर्थाटनहरुको समय सान्दर्भिक परिवर्तन र व्यवस्थापन गर्नमै आफ्नो जीवन अर्पण गरेका थिए ।

पशुपतिनाथ मन्दिरको मूल पुजारी नेपाली हुनुपर्दछ भनेर आवाज उठाउँदै अएका थिए । अधिकारीले पशुपति मन्दिरमा नेपालकै पुजारी हुनुपर्छ भनेर २० वर्ष पहिले ७५ दिनसम्म भोक हडताल गरेको आफन्त पोख्रेलले जानकारी दिए ।

उनले पशुपतिमा नेपाली पुजारी नहुँदासम्म अन्न नखाने निर्णय गर्दै अहिलेसम्म फलफूललाई मात्रै आफ्नो आहार बनाएका थिए । रोल्पाको खुंग्रीमा रहेको चर्चित चर्तुभुज मन्दिर निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अधिकारीले स्वार्गद्धारीको बृहत्तर विकासमा समेत ठूलो भूमिका खेलेका थिए । प्यूठानको तिराम हाईस्कूल स्थापनामा समेत उनको मुख्य भूमिका थियो ।

अधिकारी कृष्ण जन्मअष्ठमीमा चर्तुभुज मन्दिर गएका थिए । आफन्तका अनुसार चर्तुभुज मन्दिरमै छाता र स्टकोट भेटिएको छ । अधिकारीको शव भेटिएपछि आफन्तले मन्दिरमा गएर खोज्दा स्टकोटमा रहेको  नोटमा आफ्नो शरीर कमजोर हुँदै गएकाले जल समाधी लिने इच्छा जागेको उल्लेख गरेका थिए ।

उनले लेखेका छन्अ,”ब मेरो शरीर क्षीण भयो र जल समाधीमा लिन हुने इच्छा जागेकाले मलाई खोज्ने र सम्झेर रुने नगर्नु होला ।”  उनको लास दाको गढवामा भेटिएको थियो । अधिकारीको आजै अन्त्येष्टि गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !