७ जेष्ठ २०८१, सोमबार

रुपन्देही सैनामैनामा रहेको एक बैंकका कर्मचारीलाई कोरोना पुष्टि, बैंकको कार्यालय सिल

प्रकाशित मिति :  15 August, 2020 9:52 am


अनिल सापकोटा-

रुपन्देही, ३१ साउन ।

रुपन्देहीको सैनामैना नगरपालिका- ११ सालझण्डीमा रहेको ग्लोबल आई.एम.ई. बैंकका एक जना कर्मचारीलाई  कोरोना संक्रमण पुष्टि भएको छ ।

सामान्य ज्वरो देखिएपछि स्वाब संकलन संकलन गरेर ५ दिनदेखि घरमै आराम गरिरहेका कर्मचारीको हिजो आएको आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको वडा अध्यक्ष सुनिल प्रसाद मरासीनीले जानकारी दिए ।

‘हिजोको रिर्पाेटमा कोरोना पोजेटिभ देखिएपछि आज बिहान नगरप्रमुख सहितको टोलिले बैंक सिल गरेका छौँ ,” वडाअध्यक्ष मरासीनीले भने, ‘बैंकका अन्य कर्मचारीहरुको स्वाव संकलन प्रकृया अगाडी बढाएका छौ । सबै कर्मचारीलाई सुरक्षित भएर होम क्वारेन्टिनमा बस्न निर्देशन दिइसकेका छौँ ।”

समुदायमा फैलनबाट रोक्नका लागि नगरप्रमुख, उपप्रमुख, स्वास्थ्य सेवाका कर्मचारी वडाअध्यक्ष लगायतको बैठक बसिरहेका बडाअध्यक्ष मरासीनीले जानकारी जानकारी दिए ।

संक्रमित कर्मचारीलाई बुटवलको कोरोना विशेष अस्पतालको आइसोलेशनमा लगिएको छ ।



प्रतिक्रिया दिनुहोस !