१५ बैशाख २०८१, शनिबार

देशभर थप ४६८ जना कोरोना संक्रमणको पुष्टि, तीन जनाको मृत्यु

प्रकाशित मिति :  15 August, 2020 4:35 pm


काठमाडौं, ३१ साउन ।

देशभर ४६८ जना कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए ।

संक्रमित मध्य १७२०१ जना निको भएर घर फर्किएका छन् भने १०२ जनाको निधन भएको छ । कोरोना संक्रमित थप तीन जनाको मृत्यु भएको छ ।

प्रवक्ता गौतमका अनुसार कपिलवस्तु,पर्सा र धनुषामा एक/एक जनाको मृत्यु भएको छ । आइसीयुमा ९८ र भेन्टिलेटरमा ८ जना कोरोना संक्रमितको उपचार भईरहेको प्रवक्ता गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !