१५ बैशाख २०८१, शनिबार

शिक्षण अस्पतालहरुले एकतिहाइ शैया आइसोलेसनका लागि छुट्याउनुपर्ने

प्रकाशित मिति :  15 August, 2020 7:28 pm


काठमाडौं, ३१ साउन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका शिक्षण अस्पताललाई एकतिहाइ शैया आइसोलेसनका लागि छुट्याउन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित राख्नका लागि अस्पतालले छुट्टै भवन वा कक्ष तोकी स्वीकृत सङ्ख्याको एकतिहाई हुन आउने शैयामा सङ्ख्या छुट्याइ उपचारको व्यवस्था तत्कालन मिलाउन अनुरोध गरिएको जानकारी दिनुभयो ।

सरकारले हिजो मात्रै सबै निजी अस्पताललाई सङ्क्रमित राख्नका लागि २० प्रतिशत शैया छुट्याउन अनुरोध गरेको थियो । देश भर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले उपचारका लागि थप व्यवस्था सुरु गरेको हो ।

पछिल्लो २४ घण्टामा देशभरिको प्रयोगशालामा ११ हजार ४४७ नमूना परीक्षण गर्दा ४६८ जनामा कोरोना देखिएको छ । यस सँगै कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । संक्रमित मध्य १ सय २ जनाको मृत्यृु भइसकेको छ भने १७ हजार २०१ जना उपचारपछि घर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !