७ बैशाख २०८१, शुक्रबार

भारतीय स्वतन्त्रता दिवसकै दिन क्रिकेटर महेन्द्र सिंह धोनीले लिए सन्यास

प्रकाशित मिति :  15 August, 2020 8:34 pm


काठमाडाैं, ३१ साउन । 

भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तरराष्ट्रीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । अब भारतीय क्रिकेट टीमको राष्ट्रीय टोलीमा देखिने छैनन् । उनले आज  इन्स्टाग्राम पाेष्ट मार्फत् अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएकाे घोषणा गरेका हुन् ।

भारतकाे स्वतन्त्रता दिवस १५ अगष्टकै दिन पारेर धोनीले यस्ताे घाेषणा गरेका हुन् । ४ मिनेट ७ सेकेण्डको उनका क्रिकेटसँग सम्बन्धित तस्वीरहरू समेटिएकाे ‘मै पल दाे पलका सायर हुँ…’ गीतकाे पृष्ठभूमिकाे भिडियाे इन्स्टामा पाेष्टिंदै उनले सबैलाइ धन्यवाद भनेका छन् ।

३९ वर्षीय धोनीले टेष्ट क्रिकेटबाट पहिले नै सन्यासको घोषणा गरिसकेका थिए । पछिल्लो समय वनडे र टि २० क्रिकेट खेल्दै आएका थिए । अब भने धोनीले अन्तरराष्ट्रीय क्रिकेटबाटै सन्यासको घोषणा गरेका छन् । धोनी टेष्ट, वनडे र टि २० को कप्तानी भूमिका निर्वाह गरेका थिए । साथै धोनीको नाममा क्रिकेटमा थुप्रै कीर्तिमान छन् ।

इन्डियन प्रीमियर लीगमा भने धोनीले खेल्ने छन् ।



प्रतिक्रिया दिनुहोस !