१६ बैशाख २०८१, आइतबार

कोरोना: थप ६४१ जनामा संक्रमण, ६ जना भेन्टिलेटरमा, २ जनाको मृत्यु

प्रकाशित मिति :  16 August, 2020 6:10 pm


काठमाडौं, ३२ साउन ।

नेपालमा पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १७२ सहित थप ६४१ मा कोभिड—१९ सङ्क्रमण पुष्टि भएको छ ।

देशभर ६४१ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्रै १७२ जना थपिएका छन् । प्रवक्ता  गौतमले आज उपत्यकामा देखिएका थप १७२ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँ जिल्लाका १२६, ललितपुरका ३८ र भक्तपुरका ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४७ हजार जनामा गरेको पीसीआर  परीक्षणबाट ६ सय ४१ नयाँ सङ्क्रमित देखिएका हुन् ।

हालसम्म ५ लाख १७ हजार ९०७ को पिसीआर परीक्षण भएको छ । आज थपिएसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार २ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा १३४ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १७ हजार ३३५ पुगेको छ ।

थप दुईको मृत्यु

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्सामा एक पुरुष र मोरङमा एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।  होम आइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ४९७ पुगेको छ । आइसोलेशनमा रहेका सङ्क्रमितको सङ्ख्या २ हजार ७२४ रहेको छ । वाग्मती प्रदेशका छ जना सङ्क्रमितलाई भेण्टिलेटरमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !