१९ बैशाख २०८१, बुधबार

कतिपय नेताको भूमिका पार्टी विभाजनको पक्षमा छ : मन्त्री के.सी.

प्रकाशित मिति :  16 August, 2020 7:20 pm


रोल्पा, ३२ साउन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले कतिपय नेताको भूमिका पार्टी विभाजनको पक्षमा रहेको टिप्पणी गरेका छन् ।

प्रेस संगठन रोल्पाले सदरमुकाम लिवाङमा आज गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै के.सी.ले कतिपय नेताले पार्टी विभाजनका लागि दुबै अध्यक्षलाई उक्साई रहेको दाबी गरे । पार्टीमा चलिरहेको आन्तरिक बहसलाई छताछुल्ल बनाउने भन्दा पनि पार्टी भित्र नै व्यापक छलफल गरी हल गर्न सकिने मन्त्री के.सी.को धारणा थियो ।

केसीले पार्टी एकतालाई मजबुत बनाउने हो भने सबैले पूर्व पार्टी भन्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उचाईबाट बहस गर्नुपर्नेमा जोड दिए । पार्टीको नीति र विधीमा सरकार सञ्चालन हुनुपर्ने उल्लेख गर्दै मन्त्री के.सी.ले सरकार र पार्टीको बीचमा छलफल, समन्वयको अभाव रहेको बताए ।

उनले देखिएका समस्या छलफल गरेर समाधान गर्नुपर्नेमा जोड दिए ।

मन्त्री के.सी.ले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रमुख पात्र भएकाले अहिले अन्तरिम कार्यभिवभाजन गरी अगाडि बढ्नु पर्नेमा जोड दिए । स्थायी समाधान भनेको महाधिबेशनबाट नै गर्न सकिने उनको धारणा थियो ।

आफू कुनै पनि गुटको पक्षमा नरहेको भन्दै मन्त्री के.सी.ले समग्र पार्टी निर्माणको पक्षमा सबैलाई सहयोग गर्न तयार रहेको उल्लेख गरे । अहिले पार्टी विभाजनमा धेरै शक्ति लागेको देखिएको भन्दै यतिबेला पार्टी विभाजनभन्दा एकतालाई केन्द्र विन्दुमा राख्नु पर्ने मन्त्री के.सी.को भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !