१६ बैशाख २०८१, आइतबार

थप ५ सय ८१ जनामा कोरोना संक्रमणको पुष्टि, काठमाडौं उपत्यकामा १६८ जना भेटिए

प्रकाशित मिति :  17 August, 2020 4:49 pm


काठमाडौं, १ भदौ ।

देशभर पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी  दिए । यससंगै कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।

कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १५९ जना डिस्चार्ज भएका छन् ।



प्रतिक्रिया दिनुहोस !